प्रचण्ड विप्लवको निवासमा, के भयो कुराकानी ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड महासचिव विप्लवलाई भेट्न उनको निवासमै पुगेका हुन् ।
विप्लव निवास हरिसिद्धीमा भएको भेटका क्रममा उनीहरुबीच समसामयिक राजनीतिक अवस्था र दुई पार्टीबीचको एकताबारे छलफल भएको बताइएको छ ।
गत साउन १६ गतेदेखि १९ गतेसम्म बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता प्रक्रिया अघि बढाउन समिति बनाउने निर्णय गरेको थियो । विप्लव नेतृत्वको पार्टीले भने तत्काल एकता नगर्ने बताउँदै आएको छ ।

.gif)