sevenstartv.com ४ पुष २०८२, शुक्रवार

कांग्रेसको पदाधिकारी बैठक बस्दै

९ भदौ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ ।   बैठक बिहान १० बजे बूढानीलकण्ठमा बस्ने भएको हो । 

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल गर्न देउवाले बैठक बोलाए । यस्तै सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति रामहरि खतिवडाले राजीनामा दिएकोबारे पनि बैठकमा छलफल हुनेछ ।

पदीय आचरण विपरीत काम गरेको भन्दै उपसभामुख रानामगरलाई कांग्रेस र एमालेका सांसदहरूले हस्ताक्षर सङ्कलन गरिरहेका छन् । यो कार्यको पार्टीभित्रका इतर समूहका नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विरोध गरेपछि छलफलका लागि देउवाले बैठक बोलाएका हुन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्