आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी विनिमय दरको भाउ तोक्दै विदेशी मुद्राको बिक्री र खरिद मूल्य तय गरेको हो ।
अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री दर १३४ रुपैयाँ ५६ पैसा रहेको छ । युरो एकको खरिद दर १४८ रुपैयाँ ८३ पैसा र बिक्री दर १४९ रुपैयाँ ५० पैसा रहेको छ ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ७६ पैसा र बिक्री दर १७६ रुपैयाँ ५५ पैसा रहेको छ । कतारी रियालको मूल्य खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

.gif)