sevenstartv.com ५ पुष २०८२, शनिवार

विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय उद्‍घाटन गर्दै

५ भदौ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय आज उदघाटन गर्ने भएकी छन् । काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा आज सम्पर्क कार्यालय उदघाटन गर्न लागेकी हुन् । 

भण्डारी पक्षले यसलाई सम्पर्क कार्यालय भनेको छैन । त्यसलाई ‘मदन भण्डारी ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनिएको छ ।  मूल व्यवस्थापन समितिकी संरक्षक समेत रहेकी विद्यादेवी भण्डारीले दिउँसो २ बजे कार्यालय उदघाटन गर्ने जनाइएको छ ।  मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ ।

समितिले जनताको बहुदलीय जनवाद र मदन भण्डारीका बारेमा वर्षभर विमर्शका कार्यक्रमहरू राख्ने बताइएको थियो । तर, पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने र उनको पार्टी सदस्यता नवीकरण नगर्ने एमाले निर्णयपछि परिस्थिति फेरिएको छ । यो बदलिएको परिस्थितिमा पूर्वराष्ट्रपति भण्डारी पक्षधरले मदन भण्डारी हिरक जयन्तीका निम्ति बनेको समितिमार्फत गतिविधि गर्ने योजना बनाएको छ ।

मदन भण्डारीको रहस्यमय निधनपछि भएको उपनिर्वाचनमा विद्या भण्डारीले पनि यही घरबाट चुनावी अभियान चलाएकी थिइन् । अहिले त्यही घरलाई भाडामा लिएर एमालेको अन्तरसंघर्षका गतिविधि गर्ने तयारी भइरहेको नेताहरू बताउँछन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्