आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारको तुलनामा आज सुनको मूल्य घटेको जानकारी दिएको हो ।
महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य बुधबार प्रतितोला १ हजार ६०० रुपैयाँ घटेको छ ।
बुधबार सुनको मूल्य तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोही सुनको मूल्य तोलामा १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा २ हजार २२५ रुपैयाँ कायम भएको हो ।

.gif)