आज तोलामा ८०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । कारोबार साताको पहिलो दिन आइतबारको तुलनामा आज कारोबार साताको दोश्रो दिन सुनको मूल्य बढेका हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ आज तोलाको १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ थियो ।
यही साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो । जुन मूल्य इतिहासमै उच्च हो ।
आज चाँदीको मूल्य पनि थोरै बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेर २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

.gif)