अफगानिस्तानद्वारा ११ करोड ७० लाख अमेरिकी डलरको जलविद्युत बाँधको उद्घाटन
काठमाडाैं । अफगान अधिकारीहरूले देशको अर्थतन्त्र र कृषि उत्पादन बढाउने उद्देश्यले पश्चिमी हेरात प्रान्तमा एक प्रमुख जलविद्युत बाँधको उद्घाटन गरेका छन्। ऊर्जा तथा पानी मन्त्रालयले यसबारे जानकारी गराएको हो ।
मन्त्रालयकाअनुसार कारुख जिल्लामा ११ करोड ७० लाख अमेरिकी डलरको लागतमा निर्मित यस बाँधले १३ हजार हेक्टर कृषि भूमि सिंचाई गर्नसक्छ । नजिकैका गाउँहरूको लागि लगभग २ मेगावाट बिजुली उत्पादन गर्नसक्छ ।
७४ मिटर अग्लो यस बाँधको ५ करोड ४० लाख घनमिटर पानी भण्डारण क्षमता छ। अगस्ट २०२१ मा सत्ता सम्हालेदेखि अफगान अन्तरिम सरकारले युद्धग्रस्त देशको पुनर्निर्माणको प्रयासको रूपमा बाँध, पानी नहर, राजमार्ग, सडक र सौर्य ऊर्जा प्रणाली सहित विभिन्न विकास र पूर्वाधार परियोजनाहरू शुरु गरेको छ ।

.gif)