sevenstartv.com २१ मंसिर २०८२, आइतवार

समाज कल्याण शिक्षा पुरस्कारका लागि आवेदन माग, भदौ १५ गतेभित्र निवेदन आग्रह

१ भदौ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले समाज कल्याण शिक्षा पुरस्कारका लागि आवेदन माग गरेको छ । आइतबार शिक्षा मन्त्रालयले सूचना जारी गर्दै पुरस्कार प्राप्तिका लागि योग्य रहेको आधारसहित भदौँ १५ गतेभित्र निवेदन आग्रह गरेको छ ।

शिक्षा मन्त्रालयका अनुसार राष्ट्रिय शिक्षा दिवस, २०८२ को अवसरमा सडक बालबालिका, एचआईभी एड्स सङ्क्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय, बालबालिकालाई पालन पोषणसहित शिक्षा प्रदान गरी राष्ट्रियस्तरमा उल्लेखनीय योगदान पुऱ्याएका व्यक्ति वा सङ्घ संस्थामध्येबाट मन्त्रालयको स्वीकृत मापदण्डको आधारमा छनोट गरी नगद तथा प्रशंसापत्रसहितको समाज कल्याण शिक्षा पुरस्कारबाट पुरस्कृत गर्ने कार्यक्रम छ ।

निवेदनसाथ संलग्न हुनुपर्ने कागजात र विवरणमा संस्थाको विधान ९प्रस्तावना र उद्देश्यसहित०,सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव,लाभान्वित बालबालिका सङ्ख्या,प्रतिष्ठा र विश्वसनीयताको प्रमाण चाहिने छ। यस्तै,संस्थाको संरचना र चलअचल सम्पत्ति तथा सम्पत्तिको स्रोत,लेखापरीक्षण प्रतिवेदन र संस्था नवीकरणको प्रतिलिपि,जनशक्ति व्यवस्थापन,संस्थाले शिक्षा प्रदान गरेकामध्ये पुनःस्थापना गरिएको बालबालिकाको संख्या लगायत चाहिने छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्