अण्डाको माग बढेसँगै बढाइयो मूल्य
चितवन । भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् ।
दाउन्ने एग्रो फार्मले चितवनलाई आधार बनाएर एक्सल अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय पाँच तय गरेको छ । ठूलो अण्डा चार सय ९५ र मध्यम अण्डाको मूल्य चार सय २५ तोकिएको हो ।
हिमचुली पोल्ट्री फार्मले एक्सेल अण्डाको मूल्य प्रतिक्रेट पाँच, ठूलो र मध्यमको १० ले बढाइएको छ ।

.gif)