sevenstartv.com ४ पुष २०८२, शुक्रवार

ओरालो लाग्यो शेयर बजार, नेप्से १० अंकले घटेर २७८५ बिन्दुमा सीमित

२८ साउन २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ओरालो लागेको छ । 

बुधबार परिसूचकसँगै कारोबार रकम समेत घटेको छ । बुधबार नेप्से  १० दशमलव ५० अंकले घटेर २ हजार ७ सय ८५ दशमलव ७४ विन्दुमा कायम भएको छ ।

मंगलबार ६ अर्ब ९१ करोडको कारोबार भएकोमा बुधबार घटेर ६ अर्ब १६ करोड रुपैयाँमा सीमित भएको छ । बुधबार ३ सय २१ कम्पनीका १ करोड ५८ लाख कित्ता शेयर किनबेच भएको छ ।

बुधबार विकास बैंक, फाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा व्यापारको शेयर डेढ प्रतिशतले ओरालो लागेको छ ।

बुधबार कुमारी बैंकको डिबेन्चर २०८६ करिब साढे ९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बुधबार माया खोला हाइड्रोपावर कम्पनीको शेयर भने साढे ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्