सस्तोमा विद्युत् उपलब्ध गराउन सरकारसँग अध्यक्ष ढकालकाे माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सस्तोमा विद्युत् उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
नेपाल उद्योग व्यवसायी महासंघले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युतलाई कब्जा पदार्थको रूपमा सस्तोमा उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् । उनले साना तथा मझौला उद्योग सञ्चालनका लागि सहयोग आवश्यक रहेकाले त्यसमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘बिजुलीलाई कब्जा पदार्थको रूपमा सस्तोमा उपलब्ध गराउनु पर्छ । ह्वील चार्ज तितेर सिधै बिजुली किन्ने व्यवस्था गरिनु पर्दछ । बजेटका त्यसको केही कुरा आएपनि त्यो इम्पिलिमेन्ट हुन सकेको छैन । कच्चा पदार्थ र अन्तिम वस्तुको उत्पादन वैज्ञानिक बनाई यसमा सहुलियत दिनुपर्दछ भन्ने कुरा पनि म राख्न चाहन्छु । साना तथा मझौला उद्योग सुरुदेखि नै संवेदनशील हुन्छ सरकार र अन्य सक्षम निकायको सहयोग चाहिन्छ ।’

.gif)