sevenstartv.com १४ असार २०८३, आइतवार

संविधानको रक्षा अहिलेको मुख्य राजनीतिक मुद्दा : गृहमन्त्री लेखक

२३ साउन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्यलाई थप उन्नत ढङ्गले अगाडि बढाउनु आजको राजनीतिक विषय भएको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सबैलाई राष्ट्रियताको भावनाले एक सूत्रमा आबद्ध गरेको भन्दै देशमा रहेका सबै धर्म, जातजाति, समुदाय, वर्ण, लिङ्ग भूगोललाई उचित ढङ्गले विभिन्न स्थानहरूमा प्रतिनिधित्व गराएर एउटा समावेशी चरित्रको राज्य निर्माण गर्ने काम अहिलेको संविधानले गरेको जिकिर गरे ।

अहिलेको संविधान नेपाली कांग्रेसको नेतृत्वमा बनेको हुनाले संविधानले समग्रमा सङ्घीय गणतन्त्रात्मक राज्य व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भएको बताए । आजको मुख्य राजनीतिक मुद्दा भनेको यो संविधानको रक्षा भएको बताए । नेपाली काँग्रेस र नेपाली काँग्रेस समेत समावेश भएको सरकारले संविधानको रक्षा, सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशी चरित्रको राज्य निर्माण गर्ने कुरालाई सुदृढ, रक्षा गर्ने र संविधानको कार्यान्वयन गर्ने कुरामा हामी दृढताका साथ अघि बढेको दाबी गरे । 

सम्बन्धित समाचार