sevenstartv.com ४ पुष २०८२, शुक्रवार

विद्युत उत्पादनमा निजी क्षेत्रलाई प्राथमिकता दिन माग

१५ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौँ । नेपालको विद्युत उत्पादनमा निजी क्षेत्रलाई प्राथमिकता र सुविधा दिनुपर्ने सरोकारवाला निकायका प्रतिनिधिले माग गरेका छन् । 

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले बिहीबार काठमाडौँमा गरेको अन्तरक्रिया’ विषयमा निजी क्षेत्रका प्रतिनिधिले विधेयकमा विद्युत प्राधिकरण र विदेशी लगानीकर्तालाई सजिलो हुने व्यवस्था गरिएको बताएका छन् । 

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) का उपमहासचिव प्रकाश दुलालले विद्युत विधेयकले नेपालको निजी क्षेत्रलाई कम महत्व दिएको प्रष्ट्याउनुभयो । विधेयकको दफा ५ मा प्रतिस्पर्धा सम्बन्धी व्यवस्था समान नगरिएको उल्लेख गर्दै उहाँले विद्युत उत्पादनको प्रक्रियामा जाँदा सरकारले प्रतिस्पर्धा गर्नु नपर्ने व्यवस्था खारेज गर्नुपर्ने माग गर्नुभयो । दफा ६ मा विदेशी कम्पनीले कुनै पीपीए गर्न नपर्ने व्यवस्था गरिएकोमा असन्तुष्टि जनाउँदै उपमहासचिव दुलालले विधेयकमा विजुलीको परिभाषा नै गलत गरिएको टिप्पणी गर्नुभयो  । लाइसेन्सको अवधि सकिएपछि हस्तान्तरण गर्नुपर्ने प्रावधान हटाउन माग गर्नुभएको छ ।  अहिलेकै अवस्थामा विद्युत विधेयक अघि बढेमा ६५ लाख नागरिकको लगानी जोखिममा पर्ने दुलालको दाबी छ । 

कार्यक्रकममा उपभोक्ता अधिकारकर्मी ज्योती बानियाँ र उर्जा सम्बन्धी पत्रकार विकास थापा लगायतले भारतीय सरकार वा त्यहाँको निजी क्षेत्रले नेपालको विद्युत उत्पादनमा लगानी गर्न चाहेको अवस्थामा सजिलो हुने गरी विधेयकको मस्यौदा तयार गरिएको धारणा धारणा व्यक्त गर्नुभएको छ  । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्