उद्योगी एवं व्यवसायीलाई लगानी गर्न प्रोत्साहित गर्नुपर्छ : देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्योगी एवं व्यवसायीलाई लगानी गर्न प्रोत्साहित गनुपर्नेमा जोड दिनुभएको छ ।
पूर्वप्रधानमन्त्री देउवाले कांग्रेसको वित्तीय संस्था समन्वय विभागद्वार मंगलबार आयोजित कार्यक्रममा अहिलेको सत्ता गठन्धनले सिथिल अर्थतन्त्र चलायमान बनाउने दाबी गर्नुभएको छ । कांग्रेस र एमालेबीचको सातबुँदे सहमतिमा समेत अर्थतन्त्र चलायमान बनाउने उल्लेख गरिएको जानकारी गराउनुभएको छ ।
पूर्वप्रधानमन्त्री देउवाले २०४८ सालमा कांग्रेसको सरकार आएपछि निजीकरण र उदारीकरणको नीति ल्याएको उल्लेख गर्दै त्यही कारण कांग्रेसले धेरै गाली खानुपरेको स्मरण गराउनुभयो । कांग्रेसले ल्याएको निजीकरणको नीतिले उद्योग र व्यापार सञ्चालन गर्न सहयोग पुगेको देउवाको भनाई छ ।
कांग्रेस सभापति देउवाले मुलुकको अर्थतन्त्र सिथिल हुनुमा लामो सशस्त्र द्वन्द्व, २०७२ सालको विनाशकारी भूकम्प, कोभिड–१९ को महामारी र रूस–युक्रेनबीच भएको द्वन्द्वले समेत असर पारेको प्रष्ट्याउनुभयो ।

.gif)