उपदान तथा पेन्सन कोषको एक अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो । केन्द्रीय बैंकले उल्लेखित रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो ।
राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ८० करोड, ‘ख’ वर्गका बैंकले १५ करोड र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो । त्यसको लागि राष्ट्र बैंकले आउँदो बुधवार दिउँसो साढे १ बजेसम्म आवेदन दिन आग्रह गरेको छ । बैंकको तोकिएको न्यूनतम पुँजीकोष कायम भएको तथा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने छ ।
राष्ट्र बैंकले निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत र खुद निष्कृय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने शर्त राखेको छ ।

.gif)