बुधबार तोलाको २१ सयले बढ्यो सुनको मूल्य, १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ २ हजार १०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार आज २ हजार १०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ३० रुपैयाँले बढेको हो ।
बुधबार चाँदी प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

.gif)