sevenstartv.com ५ पुष २०८२, शनिवार

नेदरल्याण्ड्ससँग अमेरिका पराजित

६ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । विश्वकप लिग टु सिरिजमा नेदरल्याण्ड्सले अमेरिकालाई पराजित गरेको छ । सिरिज अन्तर्गतनेदरल्याण्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा घरेलु टोलीले अमेरिकामाथि जित हात पारेको हो ।

यो खेलसँगै लिग टुको चौथो राउन्ड सकिएको छ।  यस राउन्डमा घरेलु टोलीले शतप्रतिशत जित निकाल्दा क्यानडाले चारै खेल गुमायो । अमेरिका २ मा जित तथा २ खेलमा पराजित भयो। नेदरल्यान्ड्समा भएको खेलमा घरेलु टोलीले अमेरिकामाथि २७ रनको जित हात पारेको हो ।

नेदरल्यान्ड्सले दिएको २ सय ७ रनको मध्यम लक्ष्य पछ्याएको अमेरिकाले ४५ दशमलव ५ ओभरमा अल आउट हुदै १ सय ७९ रन मात्र बनायो । अमेरिकाका लागि कप्तान मोनांक पटेलले सर्वाधिक ६६ रन जोडे। उनले ७९ बलमा ८ चौका र १ छक्का प्रहार गरे। शयान जाहिङ्गर र हरमित सिंहले समान २० तथा शाल्डी भान साक्वयले १२ रन बनाए ।

नेदरल्यान्ड्सका काइल क्लेनले ४, पल भान मेकरमले ३, आर्यान दत्त र भिभियन किंग्माले समान १ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स ४९ दशमलव १ ओभरमा २ सय ६ रन जोड्दै अल आउट भएको थियो ।​ ​नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओडाउडले सर्वाधिक ७७ रन जाडे । अर्का ओपनर माइकल लेभिटले ३८ बलमा ३३, नोहा क्रोसले ३३ बलमा २७, विक्रमजित सिंहले २१ बलमा १८ तथा आर्यान दत्तले १० रन बनाए ।

अमेरिकाका लागि नोस्तुक केजिंके, शाल्डि भान साक्वय र हरमित सिंहले समान २ विकेट लिए । ८ टोली सहभागी लिग टु को अंक तालिकामा नेदरल्यान्ड्स १२ अंकका साथ शीर्ष स्थानमा छ। पराजित अमेरिका ४ अंकका साथ पाँचौ स्थानमा छ । दुई अंकका साथ नेपाल सातौं स्थानमा छ। लिग टुको शीर्ष चार टोलीले सन् २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउने छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्