रुससँग चाँडो युद्ध विराम गर्नुपर्ने युक्रेनको प्रस्ताव
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चाँडो युद्ध विराम गर्नुपर्ने बताएका छन् । उनले अर्को साता रुससँग युद्ध विराम गर्न पहल गर्ने बताएका हुन् ।शनिबार युक्रेनवासीलाई सम्बोधन गर्ने क्रममा उनले युक्रेनका रक्षा काउन्सिल रुस्तम उमेरोभले रुसका सामु युद्ध विरामको प्रस्ताव राखिसकेको जानकारी दिए ।
उनले रुसले पनि मान्छे मार्नेक्रम रोकेर दुवै पक्षबाट बन्दी रिहाको क्रम सुरु गर्नुपर्ने कुरामा जोड दिएका छन् । उनले नेतृत्व तहको बैठक सुरक्षित स्थानमा हुनुपर्ने भन्दै आफू यसका लागि तयार भएको बताएका छन् ।
यसअघि जुन महिनामा युद्ध विरामका लागि वार्ता भएको थियो । रुसले युद्ध रोक्न युक्रेनसँग अत्यन्त धेरै भूमि माग गरेपछि वार्ता बिथोलिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले ५० दिनमा युद्ध विराम नगरे कडा प्रतिबन्ध लगाउने चेतावनी दिएको केही दिन पछि जेलेन्स्कीले यो प्रस्ताव राखेका हुन्।
