नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा
काठमाडौं । साफ यू-२० महिला फुटबल च्याम्पियनसिपमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समय अनुसार दिउसो पौने ३ बजे सुरु हुनेछ ।
जारी प्रतियोगितामा नेपालले खेलेका ३ खेलमा २ जित हासिल गरेको छ । जसमा नेपालले श्रीलंकालाई ७–० गोलले पराजित गरेको थियो भने भुटानलाई ६–१ गोलले हराएको थियो । नेपाल बंगलादेशसँग ३९२ गोल अन्तरले पराजित भएको थियो ।
त्यस्तै श्रीलंकाले भने लगातार तेस्रो हार बेहोरेको छ । नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ । डबल राउण्ड रोबिनका आधारमा भइरहेको खेलमा हरेक देशले एक अर्काविरुद्ध २–२ पटक खेलेपछि शिर्ष स्थानमा रहने टोली विजेता हुनेछ ।
नेपालले अब अर्को खेल जुलाई १९ मा भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।

.gif)