माल्दिभ्स भुटानसँग पराजित
काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा भुटानले सेमिफाइनलमा प्रवेशको सम्भावना कायमै राखेको छ । आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा १० खेलाडीमा सीमित माल्दिभ्सविरुद्ध २-१ ले जित्दै भुटानले सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राखेको हो ।
भुटानका लागि जिग्मे दोर्जी र नवाङ छोपेलले गोल गरे । हाफटाइमअघि एक गोलले भुटानले अग्रता लिए पनि दोस्रो हाफमा माल्दिभ्सले गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो ।
गोलरक्षक सोनम तेन्जिङले गरेको फाउलमा रातो कार्ड खाँदै मैदान बाहिरिएिपछि १० खेलाडीमा सीमित भुटानले माल्दिभ्सलाई खेल जितेको हो । भुटान ५१औँ मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । गोलकिपर तेन्जिङले पेनाल्टी बक्सबाहिर आएर ह्यान्ड गरेपछि रातो कार्ड खाएका थिए ।
फ्रि-किकलाई फिराकले सीधै गोलमा गरेर ५३औँ मिनेटमा बराबरी गर्दै माल्दिभ्सलाई खेलमा फर्काएका थिए । माल्दिभ्सले अब समूह चरणको अन्तिम खेलमा भारतसँग खेल्नेछ । माल्दिभ्स भारतसँग पराजित भए वा बराबरीमा खेल टुंगिएमा भुटान सेमिफाइनलमा पुग्नेछ ।
समूह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ ।

.gif)