युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो देशमार्फत युक्रेनलाई एकदमै शक्तिशाली हतियार पठाउने बताएका छन् । साथै उनले रुस ५० दिन भित्रमा शान्ति वार्ताका लागि तयार नभएमा रुसी सामानमा कडा करको नीति पनि लिने बताएका छन् ।
अमेरिकाले नाटो मार्फत हतियार पठाउने चाहेको कुरा रुटले स्वीकार गरे। युरोपेली देशले नै युक्रेनलाई प्याट्रियक एयर डिफेन्स सहयोग गर्ने भइसकेका छन्। यसले रुसले गर्ने भीषण आक्रमणबाट बचाउने अपेक्षा गरिएको छ । ट्रम्प र युरोपेली नेताको बीचमा मिसाइल र गोला बारुदको विषयमा पनि वार्ता भएको छ । ट्रम्पले यस ‘टप अफ द लाइन हतियार’को व्ययभार बिलियन डलर भए पनि युद्ध मैदानमा भएकाका लागि सहयोग गर्ने बताए ।
युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले ट्विटरमा पोस्ट गर्दै रुटसँगको बैठकपछि उनको ट्रम्पसँग कुरा भएको बताउँदै युक्रेनलाई सहयोग गर्दै मान्छे मर्नेक्रम रोक्ने चाहना राखेकोमा धन्यवाद दिएका छन् । ट्रम्पले ५० दिन भित्रमा रुस वार्ता र शान्तिका लागि तयार नभएमा रुसका व्यापारिक साझेदारलाई लक्षित गर्दै शतप्रतिशतसम्म सेकेन्डरी ट्यारिफको निर्णय गर्ने बताएका छन् ।
उदाहरणका लागि भारतले रुसबाट तेल खरिद गरिरहेमा भारतीय सामानमा अमेरिकामा थप १०० प्रतिशत आयात करा लगाइने छ । यो नीतिले मस्कोमा सामान निर्यात गरेर हुने आम्दानीलाई घटाउने र हतियारमा खर्च गर्ने रकमको अभाव हुने ट्रम्पको विश्वास छ ।
