दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योललाई पक्राउ गर्न वारेन्ट जारी
काठमाडौं। सियोलको अदालतले दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योललाई गत डिसेम्बरको मार्शल ल डिक्रीको सम्बन्धमा पक्राउ गर्न वारेन्ट जारी गरेको छ । विशेष वकिल चो युन–सुकको अनुरोधमा सुनुवाइपछि सियोल केन्द्रीय जिल्ला अदालतले बिहीवार दवारेन्ट जारी गरेको हो ।
युनमाथि पाँच आरोप छन् । जसमा डिसेम्बर ३ मा मार्शल ल घोषणा हुनुभन्दा अगाडिको प्रमुख बैठकबाट धेरैजसो सदस्यलाई बहिष्कार गरेर मन्त्रिपरिषद् सदस्यहरूको अधिकार हनन गर्ने समावेश छ । उनीमाथि घोषणा पछि मार्शल ल कागजात बनाउने र त्यसमा तत्कालीन प्रधानमन्त्री हान डक–सू र तत्कालीन रक्षामन्त्री किम योङ–ह्युनले हस्ताक्षर गरेको आरोप पनि छ । थप आरोपहरूमा विदेशी मिडियालाई झुटा बयान प्रसार गर्न आदेश दिने, जनवरीमा उनको गिरफ्तारी रोक्न सहयोगीलाई निर्देशन दिने र सुरक्षित फोनहरूबाट कल रेकर्ड मेटाउने आदेश दिने समावेश छ ।
युनले सुनुवाइको क्रममा सबै आरोपहरू अस्वीकार गरेका छन् । पछि उनलाई राजधानीको दक्षिणमा रहेको उइवाङमा रहेको सियोल डिटेन्सन सेन्टरमा लगिएको छ । पूर्वराष्ट्रपतिलाई पहिलो पटक जनवरीमा पक्राउ गरिएको थियो । एजेन्सी
