sevenstartv.com २२ मंसिर २०८२, सोमवार

भोजपुरमा एक जनाले गरे श्रीमतीसहित चार जनाको हत्या

२२ असार २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । भोजपुरको रामप्रसादराई गाँउपालिका-२ को धोर्लेखानीमा एक जनाले श्रीमतीसहित चारजनाको हत्या गरेका छन् । 

भोजपुर नगरपालिका-२ घर भएका राजेन्द्र राईले ससुरा वेलबहादुर गिरी, सासू मञ्जु, श्रीमती मनिषा  र सालो सपन गिरीको हत्या गरेका हुन् ।

राईले घरायसी झगडाका क्रममा राति १२:३० तिर ससुरालीका सदस्यहरूले प्रहार गरेपछि आफूले प्रतिकार गर्दा घटना भएको प्रारम्भिक बयान दिएको प्रहरीले बताएको छ । राईको पेटलगायत भागमा धारिलो हतियारको चोट लागको छ । जिल्ला अस्पताल भोजपुरमा उनको उपचार भइरहेको जनाइएको छ ।

प्रहरीको टोलीले घटनाको थप अनुसरन्धान गरिरहेको प्रहरीले जनाइएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्