अब अमेरिका रकेटकै गतिमा चल्छ : अमेरिकी राष्ट्रपति ट्रम्प
काठमाडौं । लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको खर्च सम्बन्धी विधेयक पारित गरेको छ । संसदमा भएको मतदानमा २१८ मतका साथ सो विधेयक पास भएको हो ।
विधेयकको विपक्षमा २१४ मत परेको थियो। यसअघि सिनेटमा यो विधेयक उपराष्ट्रपति जेडी भान्सको निर्णायक मतको साथमा पास भएको थियो। अमेरिकी घरेलु राजनीतिमा यसलाई राष्ट्रपति ट्रम्पको ठुलो जितको रूपमा हेरिएको छ । कांग्रेसको बजेट कार्यालयका अनुसार यो विधेयकले १० वर्षमा तीन दशमलव ३ ट्रिलियन अमेरिकी डलर थप घाटा हुनेछ। साथै दशौँ लाखको स्वास्थ्य सुविधामा यसले असर गर्ने छ।
ट्रम्पले भने यो विधेयक आएपछि देश रकेटको गतिमा अघि बढ्ने बताए। ४ जुलाइमा आयोजना हुने समारोहमा उनले कानुनको रूपमा हस्ताक्षर गर्ने जनाइएको छ ।यसअघि ट्रम्पकै दल रिपब्लिकका धेरै सांसदले विधेयकको विरोधमा आवाज उठाउँदै आएका थिए । विधेयक पारित गर्ने समयमा भने दुई जना बाहेक अन्य सबैले उनलाई साथ दिएका छन्।
