sevenstartv.com १ पुष २०८२, मङ्गलवार

भुटान र नेपालबीच प्रतिस्पर्धा

१७ असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह चरणका तीन खेलमा विजयी भएको नेपाल एक खेल अगाडि नै सेमिफाइनल प्रवेश गरिसकेको छ । 

समूह ‘ए’का तीन खेलमा तीन जित निकाल्दै शीर्ष स्थानमा रहेको नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र भुटानको खेल मंगलबार बिहान ७ः ४५ बजे मलेसियाको क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबमा हुँदैछ ।

पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा इन्डिोनेसियाविरुद्ध ३७० रनको विशाल जित निकालेको नेपाल समूह चरणको अन्तिम खेलमा भुटानलाई हराउने लक्ष्यका साथ मैदानमा हुनेछ ।

प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।

दुई समूहका विजेता र उपविजेताले समेफिाइनल खेल्नेछन् । सेमिफाइनलमा विजयी टिमले फाइनलमा प्रतिस्पर्धा गर्दा पराजित टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रयोगिताको फाइनल असार २१ गते हुँदैछ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्