sevenstartv.com ५ पुष २०८२, शनिवार

रास्वपा र राप्रपाको अनुपस्थितिमै बजेट पारित

१० असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौँ । बजेट प्रतिनिधिसभाबाट पारित भएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूको अनुपस्थितिमै प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित भएको हो । 

प्रतिनिधिसभामा मंगलबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाइ सभाले बहुमतले पारित गरेको हो  । बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू अनुपस्थित थिए । उनीहरूले बजेटमाथिको छलफल पुरै बहिष्कार गरे । भिजिट भिसा प्रकरणमा गृहममन्त्रीको राजीनामा माग्दै आएका उनीहरूले यो विषयमा संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायीयक आयोग गठनको माग राख्दै आएका छन् । 

यी माग पुरा नभएको भनेर दुई दलका सांसद गत जेठ १३ गते यता प्रतिनिधिसभाको कामकारबाहीका सरिक भएका छैनन् । मंगलबार बजेट पारित हुँदा पनि दुवै दलका सांसदहरू सभामा थिएनन् । बजेट पारित भएसँगै सभामा बजेटसँग आश्रित विधेयक आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक २०८२ अगाडि बढेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्