sevenstartv.com १ पुष २०८२, मङ्गलवार

नेपालसँग स्कटल्यान्ड पराजित

४ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले पहिलो जित हासिल गरेको छ ।  गएराति भएको खेलमा घरेलु टोली स्कटल्यान्डलाई २ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २ बल बाँकी हुँदै ९७ रनमा अलआउट भएको थियो । जवाफमा नेपालले पाएको ९८ रनको कमजोर लक्ष्यमा पनि नेपालले कडा संघर्ष गर्नु पर्यो। नेपालले इनिङको अन्तिम बल बाँकी हुँदा ८ वकेट गुमाएर लक्ष्य पुरा गर्यो । नेपालका जितमा ओपनर कुशल भुर्तेलले ३० रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १४ रन बनाए। त्यस्तै बसिर अहमदले १३ रन बनाउँदा किरन ठगुन्ना १० रन बनाएका थिए । नेपालका लागि विजयी रन भने सन्दीप लामिछानेले १ बल खेल्दै १ रन हानेर पुरा गरेका थिए । उनीसँग करण केसी ३ रनमा अविजित रहे।

कमजोर स्कोरका बाबजुत नेपाली ब्याटरलाई दबाब दिन सफल भएको स्कटल्यान्डका लागि माइकल लिस्क र सफ्यान सरिफले समान २९२ विकेट लिंदा ब्रान्डन म्याकमुलम, मार्क वाट, ज्याक जार्भिस, र जसपर डेभिडसनले समान १९१ विकेट लिए ।

त्यसअघि नेपालको उत्कृष्ट बलिङमा सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै ११ रन खर्चिएर ४ विकेट लिएका थिए। त्यस्तै करण केसी र दिपेन्द्र सिंह ऐरीले समान २९२ विकेट लिंदा ललित राजवंशीले १ विकेट हात पारेका थिए । नेपाल विरुद्ध सुरुवातबाटै धर्मराएको स्कटल्यान्डको इनिङ सुरुवाती २४ रन जोड्दै ५ विकेट गुमाउन पुगेको थियो। त्यसपछि छैटौं विकेटका लागि माइकल लिस्क र कप्तान म्याथ्यु क्रसले ३९ रनको साझेदारी गरे ।

उक्त साझेदारी लामिछानेले तोड्दै पुन स्कटल्यान्डलाई धरासायि बनाए । उनले कप्तान क्रसको विकेट सहित २ बलमा २ विकेट लिएर पुन नेपाललाई खेलमा फर्काए। उनले तीन खेलाडीलाई बोल्ड गर्दा स्यान सरिफलाई एलबिडब्लु आउट गरे । स्कटल्यान्डका लागि लिस्कले ४६ बलमा ४६ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झना योग्य रहेन्। उनी बाहेक कप्तान क्रसले १५ रन बनाउँदा ब्रान्डन म्याकमुलमको १० रन थप दोहोरो स्कोरका रुपमा रह्यो ।  मंगलबारको खेलमा नेपालका बलर करण केसीले आफ्नो १ सयौं विकेटको कोसेढुङ्गा समेत पुरा गरे ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्