sevenstartv.com १६ असार २०८३, मङ्गलवार

कानून व्यवसायीहरुलाई मुद्दा मिलापत्रको जिम्मेवारी दिन हुँदैन : मन्त्री चौरसिया

३ असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानून व्यवसायीहरुलाई मुद्दा मिलापत्रको जिम्मेवारी दिन नहुने बताएका छन् । 

प्रतिनिधिसभाअन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले यस्तो बताएकमा हुन् ।  नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ बारे संशोधनकर्ता सदस्यहरुले कानून व्यवसायीहरुले मुद्दाको पक्ष र विपक्षसँग मिलेर मुद्दा मिलापत्र गरे के गर्ने भन्ने विषय उठेको थियो । 

जसमा मन्त्री चौरसियाले कानून व्यवसायीहरुलाई मुद्दा मिलापत्र गराउन दिन नहुने बताए । उनले दुई पक्षको मिलापत्रको जिम्मेवारी कानूनी रुपमा दिँदा भविष्यमा अफ्ठ्यारो आउने बताए । यसले थप विकृति निम्त्याउनसक्ने बताएका छन्  ।

बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को संशोधनमा संशोधनकर्ता नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले मुद्दाका दुवै पक्षलाई मिलापत्र गर्न र गराउनका लागि आफूले फाइदा लिने हिसावले दबाब दिनसक्नेतर्फ सचेत गराए । कानून व्यवसायीहरुले मुद्दा मिलापत्र गर्दा दुवैतर्फबाट मुद्दा मिलाइदिने नाममा भ्रष्टाचार गर्नसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्