sevenstartv.com १६ असार २०८३, मङ्गलवार

एनपिएलको लोगो सार्वजनिक, मंसिर १५ देखि प्रतियोगिता हुने

४ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो र मिति सार्वजनिक गरेको छ ।

नेपालको पहिलो आधिकारिक फ्रेन्चाइ क्रिकेट लिगका रूपमा रहेको एनपिएल त्रिवि अन्तर्राष्ट्रिय मैदानमा मङ्सिर १५ देखि पुस ६ गतेसम्म हुने छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो सार्वजनिक गरेका हुन् ।

उनले क्रिकेट पूर्वाधारको अभावमा पनि सङ्घ, खेलाडीहरूको त्याग, तपस्यामा नेपाली व्रिmकेटले विश्वमा आफ्नो नाम उचो बनाएको र यस्तो प्रेरणादायी खेललाई सहयोग गर्नु राज्यको दायित्व भएको बताए ।  

मन्त्री चौधरीका अनुसारत्यसैले पनि सरकारले त्रिवि अन्तर्राष्ट्रिय मैदानको स्तरोन्नति तीव्र गतिमा गर्ने निर्णय गरेको हो। उनले नेपालमा धेरैभन्दा धेरै क्रिकेट रङ्गशाला बन्ने क्रममा  रहेको जानकारी पनि गराए। मन्त्री चौधरीले नेपाल प्रिमियर लिगका लागि सरकारबाट पूर्ण सहयोग हुने आश्वासन पनि दिए । सो कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्रीले शुभकामना सन्देश दिएका थिए ।
 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्