sevenstartv.com ५ पुष २०८२, शनिवार

तरुण दलको भवन बनाउन सरकारी बजेट छुट्याइयो

२४ जेठ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको भवन बनाउन सरकारी  बजेट छुट्याएको छ 

तरुण दलको भवन निर्माणका लागि ले ३ करोड रुपैयाँ विनियोजन गरेको हो । मन्त्रालयले ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा बजेट विनियोजन गरेको हो । मन्त्रालयले गणेशमान स्मृति भवन नाममा बजेट विनियोजन गरे पनि त्यो तरुण दलको भवन निर्माणको लागि हो । 

तरुण दलका अध्यक्ष विद्वान गुरुङले वक्तव्य जारी गर्दै भवन निर्माणका लागि बजेट विनियोजन गरेकोमा धन्यवाद दिएका छन् । गुरुङले बजेटका लागि पहल गरिदिएको भन्दै कांगेस सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका हुन् । उप्रधानमन्त्री तथा शहरी विकासमन्त्री कांग्रेसकै प्रकाशमान सिंह छन् । तरुण दलले उप्रधानमन्त्री सिंहप्रति पनि बजेट विनियोजन गरिदिएको भन्दै आभार प्रकट गरेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्