चाँदीको मूल्य हालसम्मकै उच्च, सुन भने स्थिर
काठमाडौँ । बजारमा चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुनको भाउ भने स्थिर रहेको छ ।
चाँदीको भाउ एकैदिन ७५ रुपैयाँ बढेर प्रतितोला २ हजार १ सय ५० रुपैयाँ पुगेको हो । सुन शुक्रबार प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा चाँदीसँगै सुनको मूल्य थप बढ्ने अनुमान छ ।

.gif)