घर–जग्गा कारोबारमा कडाइ
काठमाडौँ । सरकारले घर–जग्गा कारोबामा कडाइ गरेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले भूमिसुधार तथा मालपोत कार्यालयलाई १४ बुँदे निर्देशन जारी गर्दै घरजग्गाको कारबारलाई बैंकिङ प्रणालीभित्र ल्याउने कडा नियम जारी गरेको हो । नेपालमा आतंकवादी तथा गैरकानुनी लगानीलाई निरुत्साहित गर्ने उद्देश्यले जारी भएको सम्पति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को प्रावधानलाई कार्यान्वयनमा ल्याउन घरजग्गा कारोबारमाथि थप कडाइ गरिएको हो । आर्थिक मन्दीका कारण घरजग्गा कारोबारमा शिथिलता जारी रहेका बेला विभागले कारोबारमा थप कडाइको नीति लिएको हो ।
यो सँगै अब घर जग्गाको कारोबार सूचीकृत कम्पनीबाट मात्रै गर्नुपर्नेछ। कारोबार गर्दा सम्पूर्ण आर्थिक करोबारलाई बैंकिङ प्रणालीभित्र देखिने गरी विद्युतीय वा चेकमार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ । अब घरजग्गा कारोबारमा किन्ने र बेच्ने दुवैले बैंकखाताबाट मात्रै कारोबार गर्नुपर्नेछ ।

.gif)