sevenstartv.com ५ पुष २०८२, शनिवार

पाँच दिनदेखि लगातार बढ्यो सुनको भाउ

२१ जेठ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ लगातार ५ दिन बढेको छ ।  

यो ५ दिनमा सुनको भाउ ५४ सय रुपैयाँले बढ्न पुगेको छ । जसमा शुक्रबार, आइतबार, सोमबार र मंगलबार सुनको भाउ क्रमशः ७००, ३००, १००० र २९०० रुपैयाँले बढेको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य ५०० रुपैयाँले वृद्धि हुँदै तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको हो । 

यस्तै चाँदीको मूल्य बुधवार तोलामा २ हजार ७४ रुपैयाँ पुगेको छ ।  यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा २ हजार ४५ रुपैयाँ कायम थियो । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्