१ महिनामा ११ सय सवारी कारबाहीमा
काठमाडौं । रौतहट जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको १ महिनाको अवधिमा नियम उलंघन गर्ने ११ सयभन्दा सवारी धनीलाई कारबाही गरी ९ लाख भन्दा रुपैयाँ राजश्व संकलन गरेको छ ।
साउन मसान्तभित्र जिल्लाभरीमा नियम बिपरित चलेका ११ सय ५ सवारी धनी लाई कार्वाही गरी कुल ९ लाख,२५ हजार ५०० रुपैयाँ राजश्व संकलन गरिएको बताइएको छ ।
कारबाहीमा पर्ने सवारी साधनमध्ये सबभन्दा बढी ट्रकको संख्या ३३८ रहेको छ । दोस्रो स्थानमा २६१ मोटरसाइकल छन् भने १७३ कार, जिप, टेम्पो ,८६ बस र ५९ ट्याक्टर रहेका छन् ।

.gif)