sevenstartv.com १ पुष २०८२, मङ्गलवार

मुम्बईलाई पराजित गर्दै पञ्जाब फाइनलमा

१९ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । मुम्बई इन्डियन्सलाई ५ विकटले पराजित गर्दै पञ्जाब किङ्स् इन्डियन प्रिमियर लिग ९आईपीएल०को फाइनलमा प्रवेश गरेको छ । गएराति  भएको क्वालिफायर खेलमा  टस हारे पहिले ब्याटिङ गरेको मुम्बईले ६ विकेट गुमाएर २०३ रन बनाएको थियो । २०४ रनको लक्ष्य पञ्जाबले एक ओभर बाँकी छँदै ५ विकेट गुमाएर पुरा गरेको थियो ।

पञ्जाबको जितको लागि कप्तान श्रेयर ऐयरले अविजित ८७ रनको पारी खेले ।  ऐरले ४१ बलमा ५ चौका र ८ छक्कासहित ८७ रनको योगदान दिए । नेहाल वाधेराले २९ बलमा ४८ रन बनाए । नेहाल र श्रेयसले चौथो विकेटका लागि ८४ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ अघि बढाएका थिए । ओपनर प्रियांश आर्याले २० रन जोडे । जोश इंग्लिसले ३८ रनको योगदान दिँदा प्राभ्सिम्रन सिंहले ६ रन बनाए ।

मुम्बईका अश्वनी कुमारले २ विकेट लिँदा ट्रेन्ट बोल्ट र हार्दिक पान्ड्याले १–१ विकेट हात पारे । त्यसअघि मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो । कप्तान रोहित शर्मालाई तेस्रो ओभरमै ८ रनमा गुमाएपछि जोनी बेयरस्टो र तिलक वर्माले ५१ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाए । बेयरस्टोले २४ बलमा ३ चौका र २ छक्कासहित ३८ रन जोडे। तिलक र सूर्यकुमार यादवले तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरे। सूर्यले २६ बलमा ४ चौका र ३ छक्कासहित ४४ रन जोडे। तिलक पनि १४औं ओभरमा आउट हुनुअघि २९ बलमा २ चौका र २ छक्कासहित समान ४४ रन बनाउँदै आउट भए ।

नमन धिरले १८ बलमा ७ चौकासहित ३७ रन जोडेसँगै मुम्बईले २ सय रनको आँकडा छोएको थियो। कप्तान हार्दिक पान्ड्याले १३ बलमा १५ बनाए । पन्जाबका लागि अजमतुल्लाह ओमारजाइले २ तथा काइल जेमीसन, मार्कस स्टोइनस, विजयकुमार वाइसक र युजभेन्द्र चहलले १-१ विकेट लिए । पहिलो क्वालिफायर्समा पन्जाबलाई ८ विकेटले हराउँदै रोयल च्यालेंजर्स बेंगलुरुले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । फाइनल खेल मंगलबार अहमदाबाद मैदानमा हुनेछ। दुवै टिमले अहिलेसम्म उपाधि नजितेकाले यसपटक आईपीएले नयाँ विजेता पाउने भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्