श्रीलंकासँग भारत ३२ रनले पराजित
काठमाडौं । भारत घरेलु टोली श्रीलंकाविरुद्ध दोस्रो ओडीआई खेलमा पराजित भएको छ ।
गएराति भएको खेलमा श्रीलंकाले भारतलाई ३२ रनले पराजित गरेको हो । जितसँगै श्रीलंकाले ३ खेलको ओडिआई सिरिजमा १(० को अग्रता बनाएको छ । पहिलो खेल टाइ भएको थियो ।श्रीलंकाले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको भारतले ४२ दशमलव २ ओभरमा अल आउट हुँदै २ सय ८ रन बनायो।
भारतका लागि कप्तान तथा ओपनर रोहित शर्माले ४४ बलमा ५ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ६४ रन बनाए । अक्षर पटेलले ४४ बलमा ४४, शुभमन गिलले ३५, वासिङ्टन सुन्दरले १५ रन जोडे ।
श्रीलंकाका लागि जेफरी भ्यान्डरसेले १० ओभरमा ३३ रन खर्चिएर ६ विकेट लिए । कप्तान चरिथ असलंकाले ३ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४० रन बनाए ।
श्रीलंकाका लागि ओपनर आविष्का फर्नान्डो र कमिन्डो मेन्डिसले समान ४० रन जोडे । दुनिथ विलालागेले ३९, कुशल मेन्डिसले ३०, कप्तान चरिथ असलंकाले २५, अकिला धनन्जयले १५ रन बनाए । भारतका लागि वासिङ्टन सुन्दरले ३, कुलदिप यादवले २ तथा मोहम्मद सिराज र अक्षर पटेलले समान १ विकेट लिए ।
भारत र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम ओडिआई बुधबार हुनेछ।

.gif)