राजश्वको लक्ष्य पूरा नहुने ठाउँ दिएको छैन : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको अनुमान लक्ष्य पूरा गरेर छोड्ने बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजश्वको सन्दर्भमा गरिएको अनुमान आगामी आर्थिक वर्षको अन्तिममा समीक्षा गर्दा प्रश्न गर्न नपर्ने स्पष्ट पारे ।
उनले राजश्वको अनुमान लक्ष्य पूरा गर्न मेहनत बढी गर्नुपर्ने आवश्यकता औंल्याए । मेहनत गरेर पूरा गर्न सकिने राजश्वको लक्ष्य रहेको उनको दाबी छ । वित्त आयोगले निर्धारण गरेको सीमालाई टेकेर नै आन्तरिक ऋण परिचालन गरिएको बताए ।
उनले वित्त आयोगले ५.५ प्रतिशतको आन्तरिक ऋण परिचालन गर्न सकिने भनेपनि बजेटमा ५.३ मा परिचालन गर्ने लक्ष्य राखिएको बताए ।

.gif)