sevenstartv.com ५ पुष २०८२, शनिवार

सरकारले आगामी बर्ष सबै प्रदेशमा श्रम मेला गर्ने

१५ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । सरकारले आगामी बर्ष सबै प्रदेशमा श्रम मेला गर्ने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  आगामी बर्षको बजेट प्रस्तुत गर्दै उनले आगामी वर्ष सबै प्रदेशमा श्रम मेला चलाइने बताएका हुन् । 

उनकाअनुसार सबै नेपालीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइनेछ । उनकाअनुसार निजी क्षेत्रका सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने बताउनु । सबै किसिमका भत्ताका लागि १ खर्ब ९ अर्ब विनियोजन गरिएको बताए । पौडेलले आगामी आवको बजेटमा रोजगार पोर्टल सञ्चालन गर्ने घोषणा गरे । 

उनले थप द्विपक्षीय श्रम सम्झौता र महिलाको कार्यस्थल सुरक्षा सुनिश्चितता गर्न थप सम्झौता गरिने, सरकारले वैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सहजता सुनिश्चित गर्न कदम चाल्ने बताए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्