sevenstartv.com ५ पुष २०८२, शनिवार

सहकारी वचत कर्तालाई रकम फिर्ता गर्न चक्रिय कोष स्थापना गर्ने

१५ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । सरकारले भूमि सम्बन्धी कानूनमा संशोधन गरी भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या स्थायी रुपमा समाधान गर्ने भएको छ । 
आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।

उनकाअनुसार आागमी आर्थिक वर्षभित्र लागत संकलन र प्रमाणीकरण गरी ५ लाख परिवारलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा उलब्ध गराइनेछ । यसका लागि श्रोत, साधन र जनशक्तिको अभाव हुन नदिने प्रतिवद्धता जनाए । 

सरकारी तथा सार्वजनिक जग्गाको अभिलेख अद्यावधिक गरिने बताए । सहकारीको रकम अपचलन गर्नेको सम्पती लिलाम विक्री गरी प्राप्त हुने रकम वचत कर्तालाई फिर्ता गर्न चक्रिय कोष स्थापनाका लागि बीउ पुँजीको व्यवस्था गरिएको बताएका छन् ।  सहकारी ऋण असुली न्यायाधिकरण स्थापना गरिने बताए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्