sevenstartv.com १ पुष २०८२, मङ्गलवार

पीएम कप भलिबल : उपाधिका लागि पुलिस र न्यु डायमण्ड प्रतिस्पर्धा गर्दै

१५ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नवौं पिएम कप एनभिए लिगको महिलातर्फको उपाधिका लागि नेपाल पुलिस क्लब र टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । 

खेल पोखरा कबर्डहलमा आज मध्यान्ह १२ बजे हुनेछ । महिला लिगमा पुलिस अपराजित रह्यो । लिगको अन्तिम खेलमा साविक विजेता पुलिसले बुधबार न्यु डायमन्डलाई ३-० को सोझो सेटमा हरायो । ५ खेलमा पुलिसले १४ अंक जोड्यो। पुलिस बाहेक सबै ४ टोलीलाई हराएको न्यु डायमण्डले १२ अंक बटुल्यो ।

तेस्रो स्थानको लागि नेपाल एपिएफ क्लब र एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बिहान ८ बजे पोखरामा नै हुनेछ । 
पुरुषतर्फ गण्डकी प्रदेश र टिप टप हेल्प नेपालले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल ३ बजे हुनेछ ।  पुलिस र त्रिभुवन आर्मी क्लबले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्। यी दुईबीचको खेल बिहान १० बजे सुरु हुनेछ ।

नेपाल भलिबल संघको आयोजनामा एक‌ साता चलेको प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको थियो। ​ दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन्।​ पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने काभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ । 

महिलातर्फ पुलिस र न्यु डायमण्ड नेपालमा आयोजना हुने काभा क्लब च्याम्पियन्सका लागि छनोट भैसकेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्