sevenstartv.com १७ असार २०८३, बुधवार

भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न रास्वपाको माग

१३ जेठ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मानव तस्करी र भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा रास्वपा सांसद् शिशिर खनालले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसहितका कर्मचारीमाथि संगठित अपराध र सम्पती शुद्धिकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरेका हुन् । 

उनले भिजिट भिसा प्रकरणमा म्यानपावरदेखि एयरलाइन्ससम्म र कर्मचारीदेखि गृहमन्त्रीको सचिवालय समेत जोडिएको उल्लेख गरे । उनले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानविन शुरु नभएसम्म संसद चल्न नदिने चेतावनी दिएका छन् । 

यो पनि पढ्नुहोस्