sevenstartv.com १६ असार २०८३, मङ्गलवार

राप्रपाले माग्याे गृहमन्त्रीको राजीनामा

१३ जेठ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्रीको राजीनामा माग गरेको छ । 

मंगलबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले नैतिकताको आधारमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको हो ।

 बैठकका निर्णय सुनाउँदै राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।