युरोपा लिगको उपाधि टोटनह्यामलाई
काठमाडौं । युरोपा लिगको उपाधि टोटनह्यामले जितेको छ । म्यानचेस्टर युनाइटेडलाई १(० ले हराउँदै टोटनह्याम १७ वर्षपछि च्याम्पियन बनेको हो । ब्रेनन जोन्सनले ४२ औँ मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो ।
यो जितसँगै आलोचनामा परेका मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लुले आफ्नो दोस्रो सिजनमा ट्रफी जिताउने वाचा पूरा गरेका छन् । खेल अघि ‘म कहिल्यै पनि जोकर बन्ने छैन’ भन्ने पोस्टेकोग्लुले स्पेनको बिलबाओस्थित सान मामेस स्टेडियममा टोलीलाई उपाधि दिलाएका छन् ।
जितसँगै टोटनह्यामले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।

.gif)