यूएईले नेपाललाई दियो ११५ रनको लक्ष्य
काठमाडौं । आईसिसी महिला ट्वी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ मा नेपाल र युएईको खेल जारी छ । थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनायो ।
यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन् । उनले ३९ बलको सामना गर्दै १ छक्का र २ चौकाको मद्दतमा ३९ रन बनाएकी हुन् । यस्तै अर्की ओपनर तीर्था सतिशले २१ रन बनाइन् । यस्तै लावन्य केनीले १२ रन बनाउँदा हिना होच्दानी २० रनमा आउट भइन् । नेपालकी मनिशा उपाध्यायले चार विकेट लिइन् भने कविता कुँवरले २ तथा राजमती ऐरीले एक विकेट लिए ।
१ सय १५ रनको विजयी लक्ष्यसहित नेपालले ब्याटिङ गरिरहेको छ । यो खेलमा जित निकाल्ने टोलीले आईसीसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। त्यसैले दुवै टोली जित्ने पर्ने दबाबमा छन् । सुपर–३ को पहिलो खेलमा थाइल्याण्डले युएईलाई ५४ रनले हराउँदै ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ।

.gif)