sevenstartv.com १ पुष २०८२, मङ्गलवार

साफ यु-१९ च्याम्पियनसिपको उपाधि भारतले जित्याे

५ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । साफ यु-१९ च्याम्पियनसिपको उपाधि घरेलु टोली भारतले जितेको छ । साबिक विजेता बंगलादेशलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै भारतले उपाधि जितेको हो । 

गएराति भारतको अरुणाञ्चलको गोल्डेन जुब्ली रंगशालामा सम्पन्न फाइनलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको हो ।

खेलको दोस्रो मिनेटमै भारतले सिंगमयुम शामीको गोलमार्फत अग्रता लिएको थियो। ६१औं मिनेटमा जोय अहमदले बंगलादेशका लागि बराबरी गोल फर्काए । 
सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ३–० तथा बंगलादेशले नेपाललाई २-१ ले पराजित गरेका थिए ।

भारतले चौथौ पटक उमेर समूहको उपाधि जितेको हो । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्