माओवादीको जनजागरण अभियान आजदेखि
काठमाडौं । नेकपा माओवादी केन्द्रले आजदेखि ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ शुरू गर्दैछ ।
सुदूरपश्चिमको बैतडीस्थित पाटनमा शुरू हुने अभियानको बिहान ११ बजे उद्घाटन हुने कार्यक्रम रहेको जनाइएको छ ।
जेठ महिनाभरि अभियान सञ्चालन गर्ने माओवादीको लक्ष्य छ । कार्यक्रमको स्वरूपअनुसार मध्यपहाडी लोकमार्गमा पर्ने स्थानहरूमा पार्टीका प्रत्येक प्रदेश समितिले १(१ स्थानमा सभा आयोजना गर्नेछन् ।
जिल्ला समन्वय समितिहरूले १/१ स्थानमा जनसंवाद कार्यक्रम सञ्चालन गर्नेछन् । कोशी प्रदेशका जिल्लाहरूमा हाल भइरहेको जनसभाहरूलाई यसै अभियानको हिस्सा बनाइनेछ भने बाँकी जिल्लामा उपयुक्त समयमा जनसभा गर्ने माओवादीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।








