sevenstartv.com १६ असार २०८३, मङ्गलवार

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल असान्दर्भिक : वर्षमान पुन

१ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् वर्षमान पुनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल सान्दर्भिक नभएको बताएका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद् पुनले तीन महिनाअघि नै छलफल गरेर त्यसबाट प्राप्त हुने योजना समावेश गरी बजेट बनाउनुपर्नेमा यस पटकपनि त्यसो हुन नसकेकोमा दुःख व्यक्त गरेका हुन् । 

अर्थमन्त्री यता सिद्धान्त र प्राथमिकतामा छलफल गराइरहनुभएको छ उता हरेक मन्त्रालयले आफ्ना योजना समावेश गरिसक्यो सांसद पुनको भनाई थियो । उनले आगामी बजेट जेनजी पुस्तालाई सम्बोधन र निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउनेगरी आउनुपर्नेमा जोड दिए ।