sevenstartv.com १ पुष २०८२, मङ्गलवार

नेपाल र बहराइनबीच प्रतिस्पर्धा

१ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एशिया छनोटमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा हुने भएको छ ।  थाइल्यान्डको तर्डथाई क्रिकेट ग्राउन्डमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ । 

यसअघि नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो । यस्तै नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । मंगलबार भएको अर्को खेलमा भने नेपाल  हङकङसँग ७ विकेटले पराजित भएको थियो ।

महिला टी-२० विश्वकप एशिया छनोटमा ९ वटा टिम सहभागी छन् । नेपाल, बहराइन र हङकङ समूह ‘सी’ मा छन् । समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्याण्ड तथा समूह ‘बी’ मा मलेसिया, कतार र यूएई छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष टोली ‘सुपर थ्री’ मा पुग्नेछन् । ‘सुपर थ्री’ मा शीर्ष २ मा रहने टोली ग्लोबल छनोट चरणमा पुग्नेछन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्