श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा
काठमाडौं । श्रीलंकालाई पराजित गर्दै नेपाल एक खेलअगाबै साफ यु-१९ च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भारतको गोल्डेन जुब्ली रंगशालामा गएराति भएको खेलमा नेपालसगँ श्रीलंका ५-० गोलले पराजित भएको हो । श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।
पहिलो हाफमा १-० ले मात्र अघि रहेको नेपालले दोस्रो हाफमा थप ४ गोल गरेपछि सहज जित हात पारेको थियो । नेपालका लागि सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम, विज्ञान खड्का र लछु थापाले गोल गरे ।
समूह ‘बी’बाट नेपालसँगै भारत पनि सेमिफाइनल पुगेको छ। अब मंगलबार नेपालले समूह विजेताका लागि भारतको सामना गर्नेछ ।

.gif)