sevenstartv.com १ पुष २०८२, मङ्गलवार

मेयर कप : कीर्तिपुर र काठमाडौं सेमिफाइनलमा भिड्ने

२९ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । गोदावरी नगरपालिकाको आयोजनामा जारी उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको सेमिफाइल समिकरण पूरा भएको छ ।

गोदावरी-१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलमा कीर्तिपुर नगरपालिकाले कोन्ज्योसोम गाउँपालिकालाई ३-० ले सजिलै हराएको छ । कीर्तिपुरको जितमा सन्जोग महर्जन, यमन महर्जन र समीर बोहराले गोल गरे । खेलको २९औं मिनेटमा सन्जोगको गोलमार्फत कीर्तिपुरले अग्रता लिएको थियो ।

३७औं मिनेटमा यसनले टोलीको अग्रता दोब्बर बनाए । खेलको अन्त्यतीर इन्जुरी समयमा समीरले गोल गर्दै कीर्तिपुरलाई सहज जित दिलाए। जितसँगै समूह डीको विजेता बन्दै कीर्तिपुरले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।  अब मंगलबार दिउँसो साढे ३ बजे कीर्तिपुरले साबिक विजेता काठमाडौं महानगरपालिकाको सामना गर्नेछ ।

काठमाडौंले चाँगुनारायण र मध्यपुर ठिमीलाई हराउँदै समूह बि को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । समूह डि मा कीर्तिपुरले दुई खेलमा चार अंक जोडेको छ । यो समूहबाट तारकेश्वर नगरपालिका र कोन्ज्योसोम गाउँपालिका भने समूह चरणबाटै बाहिरिएका छन् । तारेकेश्वरले २ अंक जोड्दा कोन्ज्योसोमले १ अंक जोडेको छ। यसअघि कीर्तिपुर र कोन्ज्योसोमले ताकेश्वरसँग बराबरी खेलेका थिए ।

अर्को सेमिफाइनलमा आयोजक गोदावरी नगरपालिकाले दक्षिणकाली नगरपालिकासँग बुधबार प्रतिस्पर्धा गर्नेछ । 
 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्